महानगरका जनतालाई आइसोलेसन छैन, कम्युनिस्ट मेयर सोल्टी होटेलको आइसोलेसनमा

Bidhyasundar shakya

काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण रोक्न विभिन्न उपायहरू अपनाइएका छन् । तर, ती उपायले पनि थेग्न सकिरहेको छैन ।

शुक्रबार एक दिनै ६९६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । कोरोनाबाट महानगरबासीलाई बचाउन नसकेको भनेर मेयर विद्यासुन्दर शाक्यको आलोचना हुँदै आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोनाभाइरस संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् । मेयर शाक्य आइसोलेसनमा घर वा अस्पतालमा बसेका छैनन् । उनी काठमाडौंको सबैभन्दा सुविधा सम्पन्न पाँच तारे होटेल सोल्टीमा बसेका छन् ।

काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकीरहेका नेकपाका नेता समेत रहेका शाक्य यतिबेला काठमाडौंको सबैभन्दा महँगो आइसोलेसनमा बसेका छन् ।

उनको खर्च काठमाडौं महानगरले ब्यहोर्छ वा आफैले ब्यहोर्छन् केही खुलेको छैन । मेयर शाक्यसँग सम्पर्क गर्न खोज्दा उनका मोबाइल आफ थियो ।

शाक्यलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि होटेल सोल्टीको विशेष आइसोलेसनमा सँगै बसेकी छिन् ।

मेयर शाक्य र उनकी पत्नीलाई चेकजाँच गर्नका लागि काठमाडौंको ग्राण्डी र ललितपुरको मेडासिटी अस्पतालबाट डाक्टरको व्यवस्था गरिएको छ । यी दुई अस्पताल सबैभन्दा महँगा अस्पताल पर्छन् ।

मेयर शाक्यले महानगरका जनतालाई राख्नका लागि क्वारेन्टिनको व्यवस्था समेत गरेका छैनन् । बरु आफू भने होटेल सोल्टीमा पत्नीसँग आइसोलेसनमा बसेका छन् ।

मेयर शाक्यले कोरोना संक्रमण शुरु भएको ५ महिनाभन्दा धेरै समय भइसक्दा पनि महानगरमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्था गर्न सकेका छैनन् ।

शुक्रबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ । संक्रमित दिनहुँ बढ्दै जाँदा कतिपयले प्रभावकारी उपचार पाउन नसक्दा घरमै जोखिम मोल्दै बस्न बाध्य छन् ।

मेयर शाक्यले कोरोना रोकथाम र उपचारका लागि महानगरबासीलाई बचाउन उपयुक्त योजना बनाउन नसकेको आरोप छ ।  रिपब्लिक दैनिक

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...