उपत्यकाका यी भेगमा आज दिनभरि विजुली नआउने

Light

काठमाडौं । आज काठमाडौं र ललितपुरका धेरै जसो भागमा विजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि आज बिजुली आपूर्ति बन्द हुने भएको प्राधिकरणले जनाएको हो ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने स्थानहरुमा कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले यी भेगमा विद्युत आपूर्ती बन्द हुनेछ ।

स्वयम्भू, अजिमा हल, भगवानपाउ, सानो भर्‍याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोक लगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुनेछ ।

त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारा लगायतका क्षेत्रहरुका विद्युत अवरुद्ध हुने भएको छ ।

उता बालाजु वितरण केन्द्रको काठमाडौ महानगरपालिका–१५ र १६ मा पनि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म विजुली जाने भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...