ट्रिपरले ठक्कर दिँदा प्राइम टिभीका दृश्य-सम्पादक गौतमको निधन

Journalist anil gautam

काठमाडौं । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल-एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ ।

अफिसबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो ।

५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।

गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो ।

तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

अस्पतालमा प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए ।

प्रतिकृया दिनुहोस