चितवनमा कोरोनाबाट एक पुरुषको मृत्यु

Covid 19

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका– ५ का ६१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको शुक्रबार साँझ ७ वजे मृत्यु भएको हो । सोही अस्पतालमा बिहीबार र शुक्रबारमा खोकी, ज्वरो र श्वासप्रश्वासका कारण तीन जनाको मृत्यु भएको छ । उनीहरुको पिसीआर परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ जना पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका ११ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस