बलात्कारपछि पिडितलाई ज्यान मार्ने धम्की दिने महेत पक्राउ

1576070145rajesh

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२० का सनसाहेब फर्निच उद्योग सञ्चालक २४ वर्षीय राजेशकुमार मेहतालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनलाई इटहरीमै लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो।

उनीमाथि छ महिनाअघि इटहरी–१९ मा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । उनले जाहेरवाला युवतीलाई भारतीय नम्बरबाट ज्यान लिने धम्की दिने गरेका थिए ।

‘फरार रहेर भारतीय नम्बरबाट फोन गरी जाहेरवाला युवतीलाई धम्की दिने गरेको युवतीले बताएकी छिन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने । उनका अनुसार मेहता भारततर्फ प्राय बस्ने गर्थे । उनी केही समयअघि इटहरी आएको थाहा पाएपछि प्रहरी खोजीमा जुटेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय