भक्तपुर घटना अपडेटः सडेको अवस्थामा शव, विभिन्‍न कोणबाट अनुसन्धान सुरु

Bhaktapur mrityu fimaly m7ehqtomfd

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका९ निकोसेरास्थित एक घरमा एकैपरिवारका तीनजना मृत फेला परेका छन्। घरमा पालिएको कुकुरसमेत मरेका अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन् ।

तीनवटै शव सडेर फुलेको अवस्थामा भेटिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए। उनका अनुसार घरको पहिलो तलामा कुकुर र सम्झना मृत फेला परेका थिए। पहिलो तलास्थित कोठाको खाटमा भेटिएको सम्झनाको लास अर्ध नग्न अवस्थामा थियो ।

त्यस्तै दोस्रो तलाको अर्को कोठामा छोरा सुशान्तको लास पनि खाटमै घोप्टो अवस्थामा भेटिएको थियो। उनको लास पनि फुलेर कालो भइसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त लास सडेर गन्हाइसकेको थियो ।

घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने घरधनी सुदीपको लास भेटिएको थियो। घरको अवस्था हेर्दा मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरीका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। उनी शुक्रबार घर पुग्दा घरको ढोका आधा खोलिएको थियो। ढोकामा लगाउने साँचोसहितको ताल्चा सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको प्रहरीले जनाएको छ ।

त्यसपछि घरभित्र पसेका भाइले क्रमशः घरको पहिलो तलामा कुकुर र भाउजू सम्झना, दोस्रो तलामा भतिजा सुशान्त र तेस्रो तलामा दाजु सुदीप मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक थापाले बताइन् । खबर प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको थियो।

घटनाबारे तत्काल केही बताउन नसकिने भक्तपुर प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ। उनले मान्छेसँगै कुकुरसमेत मरेको अवस्थामा फेला परेकाले तीन चारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिइन् ।

‘तत्काल घटनाबारे केही भन्न सकिन्न’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘घटना शंकास्पद देखिन्छ। तीनचार कोणबाट अनुसन्धान गर्दैछौं।’उनका अनुसार घटनास्थलमा फरेन्सिक विज्ञसमेत पुगेका छन्। ‘ती विज्ञहरुले रिपोर्ट नदिएसम्म अहिल्यै केही भन्न सकिने अवस्था छैन’, उनले थपिन्, ‘लास सडिसकेको अवस्थामा छन् ।’

घटनामा विषको प्रयोग भए नभएको यकिन गर्न कुनै प्रमाण फेला नपरेको उनी बताउँछिन्। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थलमा मृतकहरुबीच घटना हुनुअघि कुनै घम्साघम्सी एवं प्रतिवाद भएको देखिँदैन। ‘त्यसैले जसले घटाए पनि योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ’, उनी भन्छन्, ‘घरको मूलढोका खुलै रहेको अवस्थाले बाहिरी पक्षबाट घटना घटाएको आशंका पनि गर्न सकिन्छ ।’

उनका अनुसार घरमा बुढाबुढीबीच कहिलेकाही झैझगडा एवं वादविवाद हुने गरेको थियो तर घरपरिवारका अनुसार ज्यानै लिनुपर्ने स्थितिसम्मको झैझगडा वा विवाद भने नभएको उनको भनाइ छ ।

भक्तपुरको निकोसेरामा एकै परिवारका तीन मृत भेटिए मृतकको मूलघर भने मध्यपुर थिमि नगरपालिका–६ वडामा पर्छ। नयाँ घर बनाएपछि उनीहरु नयाँ घरमा सरेको पाइएको मध्यपुर थिमि नपा ९ का वडा अध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...