कैलालीमा प्रहरी हिरासतमै एक दलित युवकको रहस्यमय मृत्यु

थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक स्पष्ट देखिन्छ

Roshanbk

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एक दलित युवकको रहस्यमय मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको आँखा,नाक,निधारमा चोटपटक स्पष्ट देखिन्छ ।

तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले मृतक विकले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको कुरा बताउनु भयो ।

बिक भदौ २२ गते चोरीको अभियोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर– १ बाट पक्राउ परेका थिए ।

प्रहरी नायव उपरीक्षक विष्टले घटना सम्बन्धी अनुसन्धान भइरहेको बताएका छन् ।

तर मृतक बिकका बुवा टेकबहादुर बिकले आफ्नो छोरोको आत्महत्या नभएर कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।

मृतक बिककी आमा मनु बिकले छोरालाई मारेको भन्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।

यसैविच घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दे मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन् भने उनीहरुले उक्त क्षेत्रको आवागमनमा पनि रोक लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...