१३ वर्षीया बालिकामाथि बलात्कार

Rape 1 yokgqtndbn 7

बैतडी । बैतडीका १३ बर्षीया जबरजस्तीकरणी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको सुर्नया गाउँपालिका ८ का ३१ बर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका २ का ३० बर्षीय वासुदेव पन्तलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र बासुदेवले जबरजस्तीकरणी गर्नमा अर्जुनलाई सहयोग गरेको भनेर आफन्तले किटानी दिएका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जैशीले जानकारी दिए ।

अर्जुन र वासुदेव दुवैजना कैलालीमा बस्दै आएका र अर्जुनका ती बालिकासंग गत जेठमा भेट भएको सोही बेलादेखि फोन सम्पर्क भइराख्ने गरेको जनाईएको छ। अर्जुनलाई वासुदेवले मोटरसाइकलमा पुर्याउन सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बुधवार बेलुका गाउँमै पुगेर बालिकालाई मोटरसाइकमा लिएर जिल्लाको सिगास गाउँपालिका ९ स्थित बित्थड भन्ने जंगलमा अर्जुनले जबरजस्तीकरणी गरेको आरोप लागेको छ। शुक्रवार इलाका प्रहरी कार्यालय पाटन पीडित बालिकाका आफन्तले जबरजस्ती करणी सम्बन्धि जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।

जाहेरीपछि दुवैजनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए।। घटनामा संलग्न दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रवार नै ५ दिन म्याद थप गरिएको छ। पीडित बालिका आमासंग घर फर्किएकी प्रहरीले जनाएको छ ।

यसअघि भदौ २४ गते पनि जिल्लाको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...