रुखले च्यापिएर अछाममा किशोरीको मृत्यु

119137990 1029955150777599 3378765683802341335 n

अछाम । रुखले च्यापिएर अछाममा एक किशोरीको ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका–४ चाल्सामा रुखले च्यापिएर २१ बर्षिया निशा थापाको ज्यान गएको हो ।

घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाको दाउराको मुढा शरीरमा खस्न गई ज्यान गएको हो । दाउरा ल्याउने क्रममा माथिबाट सल्लाको मुढाले घाँटी थिचिन गई घटनास्थलमै निशाको ज्यान गएको उनका भाइ जनक थापाले बताए । बिहीबार दिउसो साढे ३ बजेतिर घटना भएको थियो ।

कमलबजार नगरपालिका–४ चाल्सा निवासी तेजबहादुर थापाकी २१ बर्षिया छोरी निशाको हिजो बिहीबार रुखले च्यापिएर ज्यान गएको अछाम प्रहरीले जनाएको छ । दाउराको मुढा मोटो रहेको र घाँटीमा थिचेर घटना स्थलमै ज्यान गएकाले उपचारको पहल नै गर्न नसकिएको परिवारले जनाएको छ । मृतक थापा जाल्पादेवी मावि कमलबजार–८ ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...