चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण

Co

चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् । फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...