विराटनगरमा वडाअध्यक्षद्वारा आत्महत्या प्रयास

Death111100

विराटनगर । विराटनगर महानगरपालिकाको एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् । आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएको छ । कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय