काठमाडौँ उपत्यकामा कोरोना संक्रमित संख्या बढेको बढ्यै, एकैदिन थपिए ५७२ संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९४, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार मात्रै १ हजार ८१ जनामा संक्रमण देखिएको थियो ।

१४ हजार ४ सय ४८ कोरोनाका सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा ६ हजार ३ सउ ४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् । क्वारेन्टाइनमा ५ हजार ८ सय ६ जना रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घन्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो ७१ प्रतिशत हो। यस्तै आइसीयूमा १६५ जनाको उपचार भइरहेको छ भने २१ जना भेन्टिलेटरमा छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ३१७ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै ५ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...