बेलायतमा कोरोनाको महामारी फेरि बढ्ने संकेत, एकैदिन २ हजार बढीमा संक्रमण

Ap 20083600930146.0

एजेन्सी । बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड–१९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।

बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५५ हजार २ सय १९ जना पुगेको छ ।

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन् ।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए । बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उनले बताए । यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...