दसैंलाई दृष्टिगत गर्दै लामो दूरीका बस खुलाउने तयारी

Buspark 1

काठमाडौं । उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ। बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको हो ।

प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन् ।

लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन् ।

गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा केही सहज बनाउँदै थप्न सिफारिस गरेको थियो। अवस्थालाई ख्याल राख्दै केही सहज पार्न खोजिएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

उनले अहिले सबैतिर खुला गर्दा संक्रमण फैलनसक्ने भय रहेकाले प्रशासनबीच केही सहज बनाउने सहमतिी भएको उनको भनाइ छ । ‘अहिले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था छ, त्यस्तै आम सर्वसाधारणको दैनिकीलाई विषेश ख्याल गर्नुपर्नेछ, त्यसकारण हामीले मिश्रित तरीकाले निर्णय गरेका छौं, उनले भने। उनले दशैलाई दृष्टिगत गरी लामो दूरीका सवारीसाधनमा केही सहजता ल्याउने गरी गृहकार्य भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...