काठमाडौँमा ३९४ सहित उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

55555322222

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बुधबार मात्रै नेपालमा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस