काठमाडौं उपत्यकामा संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा ४६४ जनामा कोरोना पुष्टि

Kathmandu vally

काठमाडौं । दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो समय त निषेधाज्ञा जारी गरेयता दैनिक सरदर ४ सयको हाराहारी कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् भने ३ सय १२ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना आइसियुमा छन् । जसमा सबैभन्दा बढी वागमति प्रदेशमा १ सय १ जना छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १ जना छन् । प्रदेश १ मा ५ जना, प्रदेश २ मा २४ जना, गण्डकी प्रदेशमा जना, प्रदेश नं। ५ मा २० जना र कर्णली प्रदेशमा ६ जना आइसियुमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस