४९ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा थपिए १०८१ जना नयाँ संक्रमित

Corona news 10

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस