संविधान अक्षरस कार्यान्वयनमा सांसदहरुको जोड

Dalit news

काठमाडौं । संविधानसभाका सभासद तथा विभिन्न राजनीतिक दलका नेताहरुले संविधान कार्यान्वयनमा महिला, दलित, मेधशी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्धारा काठमाडौंको थानकोटमा आयोजित ‘दलित मुक्तिको सवाल र संविधान कार्यान्वयनमा सांसदहरुको भमिका’ विषयक कार्यशाला गोष्ठीमा प्रतिविधि सभा, राष्ट्रिय सभाका सांसद र संविधान सभाका सभासद्हरुले संविधानको प्रभावकारी कार्यान्वयन नहुँदा सबैभन्दा बढी उत्पीडित समुदायलाई नै घाटा हुने भन्दै संविधानको अक्षरश कार्यान्वयनका लागि ती समुदायबीच एकता हुनुपर्नेमा जोड दिए ।

शनिबारसम्म चल्ने सो गोष्टीको उदघाटन कार्यक्रममा सांसद रामनारायण विडारीले वर्तनमा सरकारले संविधानको पूर्ण कार्यान्वयन गर्ने उद्देश्यले नै अधिकांश कानूनहरु निर्माण कार्यलाई सम्पन्न गरिसकेको बताए ।

सो कार्याशालामा सांसद खिमकुमार विश्वकर्मा, संविधान सभाका सभासद् तथा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडी, सांसदहरु आशा कुमारी विक, प्रकाश स्नेही, अञ्जना विशंखे, संविधान सभा सदस्य परशुराम रम्तेल, दलित नेता मोतीलाल नेपाली, गणेश विश्वकर्मा, प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराली, प्रतिष्ठानका उपाध्यक्ष डम्बर पहाडी,  बुद्धि नेपाली, अधिवक्ता चक्रमान विश्वकर्मा लगायतले दलित विषयमा संविधानमा उल्लेख हक अधिकारको अक्षरश कार्यान्वयनका लागि आफूले सांसदमा सक्दो पहल गर्नपर्नेमा जोड दिए ।

उनीहरुले दलित समुदाय बारे प्राप्त अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै दलित नेताहरुले पार्टीभित्र, संसद र सडकमा समेतसंघर्ष गर्नुपर्ने धारणा बताउँदै दलित समुदाय बारे प्राप्त उपलब्धीलाई संस्थागत गर्दै थप अधिकारका लागि सघर्ष गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...