कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने ओली–दाहालको सहमति स्थायी कमिटी सदस्यहरुको इमेल

Oli prachanda vet

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनका विषयमा सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घन्टा भएको भेटवार्तामा शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको छ । सो भेटमा कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्ने आन्तरिक सहमति पनि बनेको छ ।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा ओली प्रचण्डले तयार गरेको सहमतिको ठोस प्रस्तावमा छलफल गर्ने तयारी छ । सो भेटमा मन्त्रीमण्डल पुनर्गठन, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो नेकपामा बहस चलेको थियो ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

अहिले खाली भएको मन्त्रालयमा मात्र नयाँ व्यक्तिलाई जिम्मेवारी दिने सोंचमा प्रधानमन्त्री ओली देखिएका छन् । प्रधानमन्त्रीले पछिल्लो समय खाली भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत अरु मन्त्रीलाई तोकेका छैनन् ।

अध्यक्षद्वय बीचको सहमतिको प्रस्ताव आज नै स्थायी कमिटी सदस्यहरुलाई इमेल गर्ने तयारी गरिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अध्यक्षद्वयले सहमतिको प्रस्ताव तयार गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...