जंगलमा पुरुषको शव फेला

Death man 57dbc51b3d1473.23439217 1

डडेल्धुरा । डडेल्धुराको भित्रि मधेसमा पर्ने जोगबुडाको जंगलमा पुरुषको शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्धको शव फेला परेको हो । आलिताल गाउँपालिका(४ का ७२ वर्षीय उदय कामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

बिहीबार दिँउसो उनको शव बेवारिसे अवस्थामा फेला परेको हो। घाँस काट्ने महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए । डोटीको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिनदेखि हराइरहेका थिए । प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय