वडाध्यक्ष खनालकी आमाले पाइन् ३ ठाउँबाट सामाजिक सुरक्षा भत्ता

Manahari gaupalika

हेटौंडा । गत स्थनीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मकवानपुरको मनहरी गाउँपालिका–१ को वडाध्यक्षमा निर्वाचित भए शिवप्रसाद खनाल । उनी वडाध्यक्ष निर्वाचित भएपछि वडाले विकास होइन, बदनामी कमाएको छ ।

उनी वडाध्यक्ष भएपछि उनको नजर सरकारी ढुकुटीमै पर्ने गरेको छ । यसको पछिल्लो उदाहरण हो आफ्नी आमालाई सामाजिक सुरक्षा भत्ता खुवाउन ३ वटा वडाबाट कागज मिलाउनु ।

खनाल वडा–३ बाट वडा–१ मा बसाईं सरेर गएको थिए । तर, वडा–७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिन खोज्दा स्थानीयस्तरबाट चर्को आवाज उठेको छ ।

३ वटा वडा कार्यालयबाट भक्ता लिइएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते उजुरी नै परेको छ । मनहरीका सचेत युवाको नाममा दिइएको उजुरीमा छानबिन गर्न माग गरिएको छ ।

उक्त उजुरी अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा दर्ता भएको छ । युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई कानुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको थियो ।

तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भुक्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो । त्यसपछि बढी भुक्तानी भएको १६ हजार रुपियाँ पालिकाकै खातामा जम्मा गरिएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सो विषयमा छानबिन समिति बनाउने तयारी गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...