नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बड कार्यकाल सकेर फिर्ता हुँदैः मन्त्रीहरुसँग बिदाई भेट

Peter 768x512

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले आफ्नो तीन वर्षे कार्यकाल सकेर अष्ट्रेलिया फर्कदैछन् । उनले यसक्रममा नेपालका विभिन्न मन्त्रीहरु, सरकारी अधिकारीहरुलाई बिदाई भेट गरिरहेका छन् । यसैक्रममा उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत लगायतसँग भेट गरे ।

पर्यटनमन्त्री भट्टराईसँगको भेटमा राजदूत वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने बताएका थिए । नेपाल बसाइँ अत्यन्तस्मरणीय भएको बताउँदै नेपाल बसाइका क्रममा थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका थिए ।

राजदूतले कोभिड–१९ ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा अड्किएका अष्ट्रेलियाली नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकामा मन्त्री भट्टराईलाई धन्यवाद दिएका थिए । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकाले निकट भविष्यमा नै सीधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्र्धनमा राजदूतको सहयोगको अपेक्षा गरेका थिए । यस्तै मन्त्री बस्नेतसँगको छलफलको क्रममा राजदूत बडले आफुले नेपाललाई कहिल्यै भुल्न नसक्ने र रेडपान्डा हेर्न नेपाल आइरहने प्रतिक्रिया दिएका थिए । मन्त्री बस्नेतले नेपालको वन संरक्षणमा अष्ट्रेलियाले खेलेको भूमिकाको प्रशंसा गर्दै । दुई देशबीचको सम्बन्धको ६० वर्षको अवसरलाई अझ उपलब्धीपूर्ण बनाउनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...