नेपाललाई ३०औं स्वर्ण, निमाले बनाइन् इतिहास

1575526374asdfeeeee

काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा उसुको नानछ्वान अलराउण्डबाट नेपालकी निमा घर्तिमगरले स्वर्ण जितेकी छन् । पहिलो र दोस्रो राउण्ड गरी १८ दशमलव ९१ अंक प्राप्त गर्दै निमाले स्वर्ण जितेकी हुन् ।

पहिलो राउण्डमा ९ दशमलव १३ र दोस्रो राउण्डमा ९ दशमलव ६० अंक ल्याइन् ।

बांग्लादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सञ्जु कुमारीले काँस्य पदक जितिन् । निमाले लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् ।

१२औं सागमा पनि उनले स्वर्ण जितेकी थिइन् । नेपालका लागि भने यो ३०औं स्वर्ण हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...