विश्वभर २ करोड ७४ लाख बढीमा कोरोना संक्रमण ८ लाख ९६ हजारको मृत्यु

Corona india10

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो ।

यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ९६ हजार ४२१ पुगेको छ । एकै दिन २ लाख १६ हजार ८०५ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ९५ लाख ७२ हजार ९११ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ६०४ पुगेको छ । त्यसमध्ये ४५ लाख ९४ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ९४९ जनाको मृत्यु भएको छ । ६७ लाख ४७ हजार ४४५ जना संक्रमित भएकोमा ५३ लाख ८५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ५७५ जनाको ज्यान गएको छ भने १३ लाख १२ हजार १७९ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४९ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४६ जना संक्रमित भएकोमा २४ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस