शेर्पा किदुगले ६ जना विद्यार्थीलाई ६ हजार डलर छात्रवृत्ति दिने

Urgen sherpa 22

फिलाडेल्फिया (अमेरिका) । शेर्पा किदुग अमेरिकाले नेपालमा अध्ययन गर्ने शेर्पा समुदायका विद्यार्थीलाई विभिन्न विधामा छात्रवृत्ति दिने भएको छ ।

शेर्पा किदुगले नेपालमा स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत ६ जना विद्यार्थीलाई प्रति विद्यार्थी १ हजार डलरका दरले छात्रवृत्ति दिने भएको हो । त्यसका लागि किदुगले प्रस्ताव आह्वान गरेको छ ।

किदुगको सोमबार बसेको बैठकले नेपालका विभिन्न क्षेत्रमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार, ईमानदार र उच्च शिक्षा हासिल गर्न ईच्छुक शेर्पा विद्यार्थीहरुलाई छात्रवृत्ति दिनका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको पत्रकारिता विषय अध्ययनरत (स्नातक १ जना र स्नातकोत्तर १ जना), क़ानून विषय अध्ययनरत (स्नातक १ जना र स्नातकोत्तर १ जना) र बौद्ध शिक्षा र बौद्ध दर्शन विषय अध्ययनरत (स्नातक १ जना र स्नातकोत्तर १ जना) लाई प्रति व्यक्ति १ हजार डलर छात्रवृत्ति दिने निर्णय गरेको अध्यक्ष उर्गेन शेर्पाले बताए ।

शेर्पा किदुगले केही वर्ष अघिदेखि नै नेपालका विभिन्न क्षेत्रमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार, ईमानदार र उच्च शिक्षा हासिल गर्न ईच्छुक शेर्पा विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको छ । यसअघि किदुगले अमेरिकामा अध्ययनरत २५ जना र दुःखमा परेका अन्य १० जना गरी ३५ जनालाई प्रति व्यक्ति ५ सय डलरका दरले राहत वितरण गरेको अध्यक्ष शेर्पाले बताए ।

किदुगले नेपालमा बसेर अध्ययनरत गरि, जेहेन्दार तथा असाहय विद्यार्थीलाई आवेदन माग पनि गरेको छ । त्यसका लागि किदुगले [email protected] मा आफ्नो आवेदन पठाउन सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...