५ दिनसम्म बन्धक बनाई दलित बालिका बलात्कृत, कारवाहीको माग गर्दै अधिकारर्मीले दिए उजुरी

Balika balatkrit ujuri

कञ्चनपुर । कन्चनपुरको बेलडाडी गाउँपालिकाकी एक दलित बालिकामाथि ५ दिनसम्म लगातार रुपमा सामुहिक बलात्कार भएको पाइएको छ ।

पीडितका बुबा दिपक सुनार र मामा दिलिप सुनारले सोमबार ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बालिका बलात्कारमा संलग्न ५ जनाविरुद्ध किटानी जाहेरी दिएसँगै १४ वर्षीय बालिकालाई अपहरण गरी ५ दिनसम्म बलात्कार भएको पाइएको हो ।

पीडितका परिवारले स्थानीय सुरज साउँद, मोहन साउँद, मनोज बिष्ट, दिपक भट्ट र एकजना नाम नखुलेका व्यक्तिले १४ वर्षीय दलित बालिकालाई अपरहण गरेर ५ दिनसम्म बलात्कार गरेको उजुरी दिएका छन् ।

ती बालिका युवती यही भदौ १४ गते घरदेखि बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि उनका मामाले त्यसको ५ दिनपछि अर्थात् भदौ १९ मा मात्रै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी दिएपछि प्रहरीले सोही दिन राती ११ बजेतिर कन्चनपुरकै बेलौरी नगरपालिका वडा नं. १० स्थित सुगरमिल संवेदनशील अवस्थामा भेटाएको थियो । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बालिका बेलौरी नगरपालिका वडा नं. ४ नयाँ रिछाह घर भई बेलडाँडी गाउँपालिका वडा नं. २ चौवन्नी गैरास्थित मामा दिलिप सुनारको घरमा बस्दै आएकी थिइन् । भदौ १४ गते बिहान मामाको घरमा रहेका बेला साथी सुरज साउँदले बोलाएको भन्दै भेट्न गएकी थिइन् ।

सुरजले बालिकालाई दिपक कस्मेटिक पसलको पछाडि कोठामा लगेको खुलेको छ । सुरजले बालिकालाई कोठामा पु¥यानुअघि नै ३ जना युवाहरु बसेको र तीनै युवाहरुले टफी भनी नसालु पदार्थ खुवाई अपहरण गरेको आफन्तको दावी छ ।

बालिकाको अपहरणपछि सामुहिक बलात्कार भएपछि स्थानीय रुपमै मिलाउने प्रयास भइरहेको थियो । तर अधिकारकर्मीहरुले थाहा पाएपछि सो घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन् ।

स्थानीय अधिकारकर्मीहरुका अनुसार बालिका बलात्कारमा संलग्नहरुलाई कारवाही गर्ने भन्दै सामान्य छलफलमै सो घटना टुङ्ग्याउन खोजिएको थियो । स्थानीय रुपमा भएको छलफलमा सो घटनाका दोशीलाई पनि उन्मुक्ति दिइएको थियो । सो घटनालाई ढाकछोप गर्न ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी जवान रोहित रोकाया नै लागेर आरोपितलाई बचाउन लागेको स्थानीयले बताएका छन् ।

पीडित बालिकाको न्यायका लागि नेपाल दलित संघ कञ्चनपुर क्षेत्र नं. १ क्षेत्रीय कार्यवाहक सभापति किशन नेपाली, नेपाल दलित मुक्ति अभियान ७ नम्बर प्रदेश सह ईन्चार्ज दानबहादुर सुनार, बेलडाँडी दलित हकहित सञ्जालका संयोजक दिनेश सुनार, दलित बुद्धिजीवी गणेश सुनारलगायत स्थानीय दलित अगुवाको रोहवरमा दोशीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...