एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै २०७६ मंसीर १६ गते एक दिन वडा शोक विदाको घोषणा गरेको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर १० मातहतका कार्यालय निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।

दुर्घटना परी त्रियुगा नगरपालिका वडा नम्बर १० का ८६ बर्षिय बृद्धा शिवमाया राई, उनका छोरा ५२ बर्षिय तुल बहादुर राईनातीहरु ३४ बर्षिय दुर्गाधन राई ३२बर्षिय टेकेन्द्र राई ज्वाई उद्धब राई भतिज दिनेश राई र एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ९का राजेश दनुवारको घटना स्थलमानै मृत्यु भएको हो ।

विराटनगरबाट फर्कदै गरेका को १च ९३६४ नम्बर एम्बुलेन्स र वीरगंजबाट आउदै गरेको ना २ख ९२८२ नम्बरको ट्रक राती १२ बजेर २० मिनेटमा दुर्घटना भएको थियो त्यसैगरी सिटि सवारी यातायात उदयपुर प्रा।लि सिटि स्टार यायायात प्रा.लि र त्रियुगा सिटि यातायात प्रा.लिले पनि सोमबार शोक मनाउने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...