काठमाडौँ उपत्यकामा कोरोना संक्रमित संख्या बढेको बढ्यै, थप ३२६ जना सक्रमित थपिए

55555322222

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९३, ललितपुरका २० तथा भक्तपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ। हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टिन छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...