ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु

Pahiro

ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिरिजंघा गाउँपालिका–४ का ३० बर्षीय राजु लिम्बू र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएराति परेको अविरल वर्षापछिको पहिरोले निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन भत्काउँदा त्यहाँ कार्यरत थेवे र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस