ज्योति मगर बिहेका लागि यस्तो केटाको खोजीमा छिन्

F7a332385f9b69cc954cae00734da622 w1000 h500 cp (1)

१२ वर्षअघि रुकुमबाट उच्चशिक्षा हासिल गर्न र कलाकार बन्न ज्योति मगर काठमाडौं आएकी थिइन्। रोल्पा नुवागाउँमा जन्मिएकी उनले काठमाडौं आएर गायन यात्रा थालिन् । केही समय नृत्य कलाकारका रूपमा काम पनि गरिन् ।

त्यस क्रममा अग्रजकै संगतका कारण उनले गायन यात्रा अघि बढाउने अवसर पाइन् । सयभन्दा बढी गीत गाइसकेकी ज्योति पछिल्लो समय मोडलका रूपमा पनि स्थापित भएकी छन् । उनले लोकदोहोरीमा महँगो पारिश्रमिक लिने मोडलका रूपमा परिचय बनाएकी छन् । यिनै चुलबुली ज्योतिसँग डब्बु क्षत्रीले गरेको सटकट संवाद आजको राजधानी दैनिकमा छापिएको छ ।

केमा व्यस्त हुनुहुन्छ ?
स्टेज कार्यक्रममै व्यस्त छु। भर्खर मोरङमा कन्सर्ट सकेर सोझै राजधानी दैनिकको अन्तवार्तामा आएकी हुँ । अब ४ महिनासम्म विभिन्न
महोत्सवका लागि ‘बुक’ भइसकेकी छु ।

स्टेज कार्यक्रमबाट कस्तो कमाइ छ ?
राम्रो छ। स्टेज कार्यक्रमबाटै कमाएर काठमाडौं काँडाघारीमा घर बनाएकी छु। वर्षमा ५÷७ वटा स्टेज कार्यक्रम विदेशमै हुन्छ। स्टेज कार्यक्रमको कमाइबाट पूर्ण सन्तुष्ट छु।

प्रतिकार्यक्रमको पारिश्रमिक कति हुन्छ ?
पैसा त ठ्याक्क नबताऊँ हो, दाजु । जे भए पनि कमाइ राम्रै छ ।

ज्योति मगरलाई हेर्न कि सुन्न आउँछन् ?
हेर्न र सुन्न दुवै। धेरै युवा नै हुन्छन् । युवती पनि हुन्छन् । अचम्म के भने ८० वर्ष नाघेका हजुरबुबाहरू पनि मेरो स्टेज कार्यक्रम हेर्न आउनुहुन्छ । उहाँहरू पनि ‘हुटिङ’ गर्दै नाच्नुहुन्छ । ज्योति मगरलाई नै हेर्न आएको हुँ भन्नुहुन्छ। खुसी लाग्छ ।

तर हजुरबाहरू सेक्सी स्टाइल हेर्न आएका हुन् कि ?
मेरोजस्तै अंग त उहाँहरूले घरमै बूढीहरूकै हेरी हाल्नुहुन्छ नि ! मेरो स्टाइल र प्रस्तुति नै हेर्न आउनुहुन्छ ।

बढी उत्ताउलो भनेर ज्योति मगरलाई केही ठाउँमा बन्देज पनि लगाइयो रे नि?
हो नि ! इटहरीमा उपमेयरले मिटिङ गरेर मलाई स्टेज कार्यक्रम प्रस्तुतिका लागि आउन रोक लगाउनुभयो । तर, पछि मलाई त्यहींट निम्ता आयो र मैले त्यहाँ अत्यधिक दर्शकमाझ गाएर आएँ। उहाँ भने कार्यक्रममा आउनुभएन ।

स्टेजमा कपडा खोलेर दर्शकदीर्घामा फाल्ने, छोटो कपडा लगाउने, अर्धनग्न हुने आरोप छ नि ?
ज्याकेट लगाउँदा फाल्ने गरेकी थिएँ । विरोध आएपछि कपडा फाल्न छाडेकी छु। मलाई मन पर्ने ड्रेस नै सर्ट स्कर्ट र वान पिस हो । त्यसमा मलाई दर्शक हेर्न चाहनुहुन्छ । छोटो स्कर्ट लगाउँदा के भयो त ?

अलिकति निजी कुरा। अब एकबाट दुई कहिले हुने ?
यसको त जवाफ मसँग पनि छैन। दुई हुन चाहेको हो। अहिलेसम्म साइत जुरेकै छैन ।

कस्तो केटाको खोजी छ ?
मानवता भएको, मलाई इन्टरफेयर नगर्ने, परिवार र समाजप्रति जिम्मेवार । कुल, आर्थिक अवस्था राम्रो र पैसा कमाउने होस् । समझदार र सहयोगी भावनाको आफूमै ‘डिपेन्डेन्ट’ हुनसक्ने केटाको खोजीमा छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...