सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

Corana death10

काठमाडौँ । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृतक मिर्चैया नगरपालिका वडा नं.५ को रहेको जनाइएको छ । भदौं २१ गाते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।

शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपु  पुगेका उनको अन्तत ज्यान गुमाउनु परेको छ ।

उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो । यो सहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। मिर्चैया नगरपालिकामा मात्र ३ जनाले करोनाबाट ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...