धनकुटाका स्वास्थ्य संस्थालाई सुरक्षित सामाग्री प्रदान

Dkt 21

धनकुटा । धनकुटाको कारोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई नीजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित सामाग्री वितरण गरेको छ ।

कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटालाई एक सेट पिपिई, चार थान फ्रेस शिल, माक्स, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल हस्पिटल धनकुटालाई फेस शिल र माक्स लगायत सुरक्षित समाग्रीहरु प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पालिखे, डिजेश शाक्य, लिजा श्रेष्ठ, अम्बिका धमला, सदस्य विपिन थापाले कोशी अञ्चल आयुर्वेद औषाधलयका डा. उपमेश महतो, जनभावना होमियो प्याथिक हस्पिटल धनकुटाका डा. खगेन्द्र कटुवाल, हलेसी डेण्टल हस्पिटलका संचालक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित सामाग्रीहरु प्रदान गरेका थिए ।

त्यसैगरी जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेसी डेण्टल हस्पिटललाई यसअघि नै पिपिई र सुरक्षित सामाग्रीहरु यसअघि पनि प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...