नाका बन्द गरेर चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा सुरु

बिहीबारको रथयात्रामा सहभागी २ जनालाई कोरोना संक्रमण पुष्टि

Rato machhindra nath rath yatra

ललितपुर । ललितपुर प्रवेश गर्ने सबै नाका बन्द गरेर गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार गरिएको छ ।

निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो । रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । रथलाई हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

समयमा रथयात्राको उचित विकल्प पहिल्याउन नसक्दा स्थानीय युवाहरुले प्रशासनले निषेधाज्ञाका बाबजुद रथ तानेका थिए । त्यसपछि कर्फ्यू लगाएर क्षमा पूजा गरी रथयात्रा छिटो टुंग्याउने बाटो खोजिएको थियो ।

गत बिहिबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यहा एक ट्राफिक प्रहरी जवानले निर्घात कुटाइसमेत खाएका थिए ।

कोरोना संक्रमण हुने डर हुँदा हुँदै पनि सीमित भनेर तयार गरिएको सूचीमा ४ सय ३४ जना थिए । प्रशासनका अनुसार १ सय ६० जना रथ तान्ने, १ सय २४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १ सय २२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिएको हो ।

रथयात्रामा सहभागी सबैले मास्क लगाएका थिए भने एकै रङको टिसर्ट लगाएका थिए । धेरैले फेस सिल्ड पनि लगाएका थिए । रथयात्राका क्रममा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण यसवर्ष छोटो रुपमा जात्रा सक्ने तयारी छ ।

जात्रामा ठूलो भिड हुने र त्यसले कोरोना संक्रमण फैलिने जोखिम भएको भन्दै गत चैतदेखि जात्रा रोकिँदै आएको थियो । तर जात्रा गर्ने समय घर्किनै लागेको र असोज २ देखि मलमाससमेत सुरु हुने भएपछि स्थानीले छोटो प्रक्रियाबाट रथ यात्रा गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गरिने छ । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गरिने जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जन बताए ।

२ जनामा संक्रमण
यता, रातो मच्छिन्द्रनाथको रथ जवर्जस्ती तान्ने र प्रहरीमाथि कुटपिट गर्नेहरुमध्ये पक्राउ परेका दुईजनामा कोरोना संक्रमण देखिएको छ । पक्राउ परेका १८ जनामध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी कुटपिट गर्ने र प्रहरीमािथ ढुंगामुढा प्रहार गर्नेहरु १८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको कोरोना परीक्षण गर्ने क्रममा आइतबार दिउँसो २ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई छुट्टै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारीमा ललितपुर प्रहरी छ । सो प्रदर्शनमा कुटपिट र तोडफोडमा सक्रियहरुको खोजविन अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...