दसैंसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने प्रशासनको तयारी

नाकामा सेना परिचालन गर्नुपर्नेमा जोड

Lockdown ktm sadak

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दसैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गर्ने तयारी भइरहेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौदेखि निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिँदैछ ।

कोरोना भाइरसको संक्रमण उपत्यकामा ह्वात्तै बढेको छ । कोरोना संक्रमण बढिरहेका बेला तत्काल निषेधाज्ञा खुल्ला गरे थप भयावह हुने अवस्था आएको छ । यसलाई मध्यनजर गर्दै दसैंसम्मका लागि निषधाज्ञा जारी राख्ने तयारी भइरहेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिए ।

निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको निष्कर्ष प्रशासनको छ । त्यही भएर पनि दसैँसम्म नै उच्च सतर्कता अप्नाउनु पर्नेमा जोड उनको जोड छ । तिजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको उनले दावी गरे ।

सेना परिचालनका लागि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) मा प्रस्तावसमेत पठाइसकेको छ । तर, अहिलेसम्म सिसिएमसीले कुनै निर्णय गरेको छैन । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासनले कोरोना संक्रमण न्युनिकरणका लागि सावधानी अपनाउन र त्यसका लागि निषेधाज्ञाको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...