अपडेटः अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

Arghakhanchi bus accident 3 z6vx8v0bkq

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकैको घुम्तीमा अपराह्न ४ः१० मा दुर्घटना भएको हो ।

१७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

मृत्यु हुनेमा बसचालक कपिलवस्तुका ओमबहादुर थापा, सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मनिका खड्का छन् ।

यस्तै भूमिकास्थान नगरपालिका–९ का शैलेस थापा र सन्धिखर्क–३ का सीता भाटको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासेले बताए। ११ जनाको सनाखत हुन सकेको छैन ।

घाइतेलाई प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए । बसमा ३२ जना चढेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । बस सडकबाट करिब २५० मिटर खसेको छ ।

घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान प्रहरीको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए । भीर र जंगल क्षेत्रमा उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...