महोत्तरीमा एकैदिन तीजनाले गरे आत्माहत्या  

79876546

काठमाडौँ । महोत्तरीमा एकै दिन तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १५ वर्षका किशोर, ३६ वर्षका युवासहित ६५ वर्षका वृद्ध रहेका महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

महोत्तरीको एकडारा गाउँपालिका वडा नं। ४ हल्खोरीका १५ वर्षीय रजनिस कुमार यादवले आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् । त्यस्तै गौशाला नगरपालिका वडा नं.८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं.४ स्थित रहेको पानी ट्याङ्कि नजिक आँपको रुखमा पाईन्टको पासो लगाई आत्महत्या गरेका छन् भने भंगहा नगरपालिका वडा नं.७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा धोतीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए ।

शनिबार आत्महत्या गरेका तीनैजनाको शवको पोष्टमार्टम गरेर शव परिवारजनलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको विष्टले बताए । महोत्तरीमा लकडाउन र निषेधाज्ञा अवधिमा २० जनाभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् जसमा एकजना कोरोना संक्रमितले समेत आत्महत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...