गण्डकी प्रदेशमा एकैपटक ६७ जनामा कोरोना संक्रमण

Corona test

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनादिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् । पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा गण्डकीका थप ६७ जनामा संक्रमण देखा परेको हो ।

तीमध्ये स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १३ जना, तनहुँ ७, बागलुङ ३, लमजुङ २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितमध्ये पोखराका २ जना महिला (वर्ष २० र २३) पार्कल्याण्ड अस्पताल अमरसिंह चोकमा कार्यरत स्टाफ नर्स हुन् ।

त्यस्तै, लमजुङ वेसीसहरका २ जना रियालन्स फाइनान्सका कर्मचारी (२९ वर्षीय पुरुष, ३१ वर्षीया महिला) हुन् भने अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाएका छन् । शनिबारमात्र ४० जना संक्रमित थपिएका थिए । यो सहित प्रदेशमा कुल संक्रमित संख्या २ हजार ५ सय १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...