विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने मेडिकल कलेजको प्रतिबद्धता

Medaicl

काठमाडौँ । पटक–पटक सरकारको निर्देशन अटेर गर्दै आएका मेडिकल कलेजका सञ्चालकले एमबिबिएस र बिडिएसका विद्यार्थीसँग बढी उठाएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म बसेको बैठकमा कलेज सञ्चालकहरूले विद्यार्थीसँग बढी उठाएको शुल्क बुधबारदेखि नै फिर्ता वा समायोजन सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विश्वविद्यालयबाट काउन्सिलिङ गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया सुरु भएको शैक्षिक सत्र ०७४।७५ र ०७५।७६ मा सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी लिएको रकम फिर्ता गर्न उनीहरू सहमत भएका हुन् ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी तथा कलेज सञ्चालकहरू नेसनल मेडिकलका बसुरुद्दिन अन्सारी, नेपालगन्ज मेडिकलका सुरेश कनोडिया, गण्डकी तथा युनिभर्सल मेडिकलका खुमा अर्याल र नोबेल मेडिकलका सुनील शर्मा थिए ।

बैठकले ०७२-७३ र ०७३।७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...