मेडिकल कलेज सञ्‍चालक भन्छन्ः विद्यार्थीको शुल्क फिर्ता गर्न सकिँदैन

Medical mafia1 1633009038

काठमाडौं । निजी मेडिकल कलेजका सञ्चालकहरुले सरकारको तोकेकोभन्दा बढी शुल्क फिर्ता गर्न नसकिने बताएका छन् । मगंलबार शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँगको छलफलमा मेडिकल कलेज सञ्‍चालकहरुले विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नलिएको दाबी गर्दै शुल्क फिर्ता गर्न नसकिने बताएका हुन् ।

छलफलका क्रममा उनीहरुले सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न तयार रहेको तर विद्यार्थीलाई शुल्क फिर्ता गर्न भने नसक्ने बताएका छन् ।

गत कार्तिक २५ सरकारले दिएको १५ दिने अल्टिमेटम सोमबार सकिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलसँग निजि मेडिकल सञ्चालकहरुले थप एक दिनको समय माग गरेका थिए । सोही अनुसार मंगलबारको छलफलमा निजी मेडिकल कलेज सञ्चालकले शुल्क समायोजन गर्न लचिलो बनेका हुन् ।

यद्यपि उनीहरुले २०७२ सालमा गरिएको मेडिकल कलेज शुल्क निर्धारण नै वैज्ञानिक नभएको आरोप लगाएका छन् । सरकारले २०७३ सालमा शुल्क पुनरावलोकन समिति गठन गरी निर्धारण गरेको शुल्कलाई कार्यान्वयन नगर्दा समस्या आएको समेत नेपालगंज मेडिकल कलेजका सञ्चालक सुरेशकुमार कनोडिया बताए ।

सरकारले एमबीबीएस, वीपीएच, नर्सिङ, बीडीएस, बीएमएलटी, बीएमआईटीलगायतका आठ वटा संकायको शुल्क निर्धारण गरेको छ । तर,कलेजले आठ वटा संकायका ३२ ब्याजका विद्यार्थीबाट अतिरिक्त शुल्क लिँदै आएका छन् । जसको निरन्तर विरोध र प्रदर्शन भइरहेको छ ।

उत्ता चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले तोकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुले १५ दिने र २४ घण्टे अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नगरेको बताएका छन् । उनीहरुलाई ठगी र आर्थिक अपराध गर्नेलाई राज्यले संरक्षण गरेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...