मालीमा दुई हेलिकोप्टर दुर्घटना, १३ फ्रान्सेली सैनिकको मृत्यु

French army buuuw2wk9j

माली । मालीमा हेलीकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले जनाएका छन्। अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो । फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूको एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भनेको छ ।

मालीको लिप्ताको क्षेत्रमा विद्रोहीविरूद्धको स्थल सेनालाई सघाउन पुगेका हेलीकोप्टर बुर्किना फासो र नाइजरको सीमा नजिकै मालीमा दुर्घटनाग्रस्त भएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ । मालीमा सरकारविरूद्ध सङ्घर्षरत स्लामिक विद्रोहीले पछिल्लो समय सैनिकका बाहिरी अखडाहरूलाई लक्षित गरी आक्रमण सशक्त पारेको थियो ।

विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेका समय सेनाको लागि बन्दोवस्तीका सामान र खाद्यान्न बोकेको एक हेलीकोप्टर कोउगर र लडाकू हेलीकोप्टर टाइगर एक आपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ ।
दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताए । म्याक्रोँले दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरूसँग फ्रान्सको एलिसी दरबारमा भेटवार्ता गरेपछि उक्त कुरा बताएका हुन् ।

मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार ५०० ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...