संक्रमितको संख्या नाघ्यो ४५ हजार, पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा संक्रमण पुष्टि

Corona test19

काठमाडौं । पछिल्लो समयमा नेपालमा कारोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

यो हप्ताको मंगलबारदेखिको मात्र संक्रमितको संख्या हेर्दा मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने बुधबार ११ सय २० जना संक्रमित थपिएका थिए । त्यस्तै, बिहीबार १२ सय २८ जना र शुक्रबार १३ सय ५४ जना संक्रमित थपिएका थिए ।

पालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...