उपत्यकाभित्र संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा ४०८ जनामा संक्रमण पुष्टि

Kathmandu vally

काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यका कारोना संक्रमणको काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकाका सबैभन्दा धेरै प्रभावित क्षेत्र काठमाडौं महानगरपालिकाका विभिन्न ७ वटा वडा भएका छन् । नगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार सबैभन्दा धेरै वडा नं ३२ कोटेश्वर प्रभावित भएको छ ।

वडा नं १६ बालाजुमा पनि संक्रमितको संख्या दुई सयभन्दा धेरै छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्ज, वडा नं १४ कलंकी र वडा नं १३ कालीमाटीमा झण्डै १ सय ३५ सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौं महानगरको वडा नं २८ मा पर्ने बागबजार पनि उत्तिकै प्रभावित क्षेत्र बनेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...