शिक्षक अध्यापन अनुमतिपत्रको कापी कोडिङ्को चरणमा

Teacher3

भक्तपुर । शिक्षक सेवा आयोगले गत असोज ९ देखि १२ गतेसम्म लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी कोडिङ्को चरणमा पुगेको जनाएको छ । आयोगले परीक्षा भए पछि कापी संकलन र प्याकेजिङ्को काम सकेर कोडिङ्को चरणमा पुगेको जनाएको हो ।

आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालका अनुसार लाईसेन्स परीक्षाका सबै काम सकेर अब परीक्षणको प्रकृयामा पुगेको छ । अर्यालले जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेको बताए । ‘कापी परीक्षणको तयारी अन्र्तगतका प्रकृया शुरु भईसकेको छ’, अर्यालले भने, ‘अब हामी तत्कालै परीक्षणको स्थान तय गर्ने र रोष्टरमा भएका परीक्षकहरु मध्येबाट परीक्षणको काम शुरु गर्ने अन्तिम तयारीमा छौंं ।’

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गर्ने तयारी गरेको हो । आयोगको लापरवाहीका कारण गत असोज १२ गते भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा अन्र्तगत समूह ‘घ’ को प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो । आयोगको कार्य सम्पादन र परीक्षाको विश्वसनीयतामै प्रश्न उब्जे पछि आयोगले पुन परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय