कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव श्रेष्ठ सचिवमा बढुवा

Chandra man shrestha

काठमाडौँ । सरकारले सहसचिव चन्द्रमान श्रेष्ठलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ २० प्रतिशत पदमा बढुवा भएकोले एक जनाको मात्रै सिफारिस गरिएको थियो । लगातार चार पटक ८० प्रतिशत र पाँचौँ पटक २० प्रतिशत पदमा बढुवा सिफारिस गर्ने व्यवस्था रहेको छ । सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव बढुवाको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो ।

निजामती सेवा ऐन २०४९ को दफा १९ ख को (१) मा २० प्रतिशत पदबारे उल्लेख छ । जसमा भनिएको छ रिक्त पदमध्ये बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।

सोही दफाको ख को २ नम्बरमा ८० प्रतिशत पदमा बढुवाबारे व्यवस्था उल्लेख छ । रिक्त पदमध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने सम्बन्धित सेवाका सम्भाव्य उम्मेदवारहरू मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर सङ्ख्यामा बढुवा समितिले सिफारिस गरेका उम्मेदवारहरू मध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्‍याएको उम्मेदवारलाई बढुवा गर्ने छ भनिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...