कोरोना संक्रमणबाट काभ्रेमा थप १ जनाको मृत्यु

Coronavirus death body

काभ्रे । कोरोना संक्रमणबाट महोत्तरीको बर्दिबासका ७६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजिटिभ आएको थियो । काभ्रेमा कोरोना संक्रमणबाट जिल्लाका दुई जना र अन्य जिल्लाका ३ गरी ५ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका ७६ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...