कलै कला भएका ज्योति प्रकाश : जो चित्र, विचित्र र ब्रससँगै रमाउँछन्

Jyoti prakash final

काठमाडौं । प्रतिभाको कुनै सीमा हुँदैन । प्रतिभा जोसँग पनि हुन्छ । मात्र प्रस्तुतीले प्रतिभाको सुगन्ध फैल्याउँछ । विना प्रस्तुतीको प्रतिभा ओझेलमा रहन्छ ।

यस्ता बहुमुखी प्रतिभाका धनी, जो कहिले उनका औलामा ब्रस हुन्छन्, कहिले हारमोनियममा औला चलिरहेका हुन्छन् । जसले आफुलाई आफूलाई महंगा चित्रकारका रुपमा परिचित गराइसकेका छन् । उनी हुन् गायक तथा संगीतकार ज्योति प्रकाश ।

उनको संगीत पक्ष आफैंमा अब्बल देखिएको छ । उनका हातका औलाले रंग चोब्दै बनाइएका चित्रले मानवताको चित्रण गर्छ । त्यही हातका औलाले हारमोनियम खेलाउँदै निकालेका धुनले दिमागलाई संगीतमय बनाइदिन्छ ।

उनी जन्मिए उत्तरी नवलपरासीको डेडगाउँमा । उनी उतै हुर्किए । अहिले काठमाडौंमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि ख्यालख्यालैमा चित्रकलातिर लागेका ज्योति प्रकाश अमुर्त चित्रकलामा सुपरिचित नाम हो ।

क्रियटिभ पेन्टिङ अर्थात् समसामयीक चित्रकला । जसले समाजमा भएका विभिन्न प्रकारका घटनालाई चित्रमा रुपान्तरण गर्दै सचेतना जगाइएको हुन्छ । उनका हातका औला क्रियटिभ पेन्टिङमै रमाउँछन् ।

उनले क्रियटिभ पेन्टिङबाट बनेका चित्रहरुलाई सातौं पटक अर्थात् ७ वटा स्थानमा प्रदर्शनी गरे । जसले दर्शकका आँखालाई एकोहोरो बनायो । कलामा पनि यति ध्यान तान्न सक्दोरहेछ भन्ने बनायो । चीन, थाइल्याण्ड, कतार, भारत, बंगलादेश लगायतका देशहरुमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् ।

अपत्यारिलो मुल्य
चित्रकलाबाट सजिलै बाच्न सकिन्न भन्ने मान्यता छ । र, हो पनि । तर, सबैमा यस्तो हुँदैन र भएको पनि छैन । अहिले एकसे एक व्यवसायीक चित्रकारहरु जन्मिएका छन् । जो चित्र कोरेरै जीविकोपार्जन गरिरहेका छन् ।

उनी क्रियटिभ पेन्टिङ गर्न मन पराउँछन् । त्यही भएर पनि उनका पेन्टिङमा जीवन्त कथा हुन्छ । जीवन्त प्रस्तुती हुन्छ । नयाँपन हुन्छ र उनका पेन्टिङले सहजै मन लोभ्याउँछ ।

उनका सयौं पेन्टिङ छन् । कुनै पेन्टिङले मुल्यै पाएका छैनन् । कुनै पेन्टिङले सोचेभन्दा बढी मुल्य पाएका छन् । हुन त कलाको कुनै मुल्य हुँदैन । त्यही भएर पनि उनले आफ्नो पेन्टिङमा मुल्य खोजेका छैनन्, मात्र पेन्टिङले सबैको ध्यान तानोस् र आफ्ना पेन्टिङले समाज परिवर्तनमा एउटा इट्टा थपोस् भन्ने चाहेका छन् ।

उनले जिन्दगीमा पहिलोपटक आफ्नो हातले कोरिएका पेन्टिङ १५ सय रुपैयाँमा बिक्री गरे । यो २०५४ साततिरको कुरा । हो यसअघि उनले धेरै साइनबोर्ड बनाए । साइनबोर्ड बनाउँदा पैसा पाउनु स्वभाविक थियो । तर, पेन्टिङबाट पैसा आउँछ भनेर उनले सोचेका पनि थिएनन् ।

उनले अर्काे यस्तो पेन्टिङ बनाए, जसले आफुले सोच्दै नसोचेको मुल्य पाए । अर्थात् उनले एउटै पेन्टिङबाट २ लाख ३० हजार रुपैयाँ पाएका थिए । जुन मुल्य उनको जीवनमा बनाइएका कयौं पेन्टिङका मुल्यभन्दा बढी थियो ।

बेच्दा झनै पीडा
बस्तु बिक्रीकै लागि हो । भलै केही बस्तु बिक्री हुन्छन्, बिक्रीकै लागि बनाइएका हुन्छन् । बिक्रीका लागि बनाइएका वा आफ्नो कलाले राम्रो मुल्य पाएपछि बेच्नु कुनै नौलो पनि होइन ।

तर, एउटा कलाकारलाई आफ्नो कला बेच्दा जति मुल्य आउँछ, त्यो जत्तिकै पीडा बेचेपछि हुन्छ । उनले पनि आफ्ना पेन्टिङ बेचेपछि पछुताउनु परेको छ ।

‘बेच्ने बेलामा खासै मन दुख्दैन’ उनले निशान न्युजसँग भने, ‘बेचेपछि आफ्नो परिश्रमको बढी याद आउँदो रहेछ । मेरा बेचिएका पेन्टिङले कहिलेकाहीँ पीडा दिइरहन्छन् ।’

संगीतमा लगाव
हुन त संगीतमा नरम्ने कोही हुँदैन । उनी पनि नरम्ने त कुरै भएन । उनी एउटा कलाकार हुन् । उनी आफुलाई पेन्टिङ गर्ने मात्रै होइन, एउटा समग्र ‘आर्टिष्ट’ भन्न रुचाउँछन् । त्यही भएर उनीभित्र विभिन्न प्रतिभा छन् ।

दलित समुदायभित्र जन्मिएका ज्योती प्रकाश सफल चित्रकार हुन् । जति सफल चित्रकार हुन्, त्यति नै सफल संगीतकार पनि हुन् । उनका हातमा ब्रस मात्रै होइन, हारमोनियम पनि हुन्छ ।

२०५३ सालदेखि नै गीत/संगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शोमार्फत आफूलाई गायन यात्रामा सहभागी बनेपछि गायकको सुचीमा राख्न सफल भएका थिए । ‘जून र ज्योति’ नामक गीति एल्बम बजारमा ल्याएर स्थापित संगीतकारका रुपमा परिचय बनाएका छन् ।

उनकै संगीतमा हालै मात्र ‘सिन्दुर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसमा गायिका मिलन नेवारले स्वर दिएकी छन् । उनी त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...