सुशान्त मृत्यु प्रकरणः २ जना गिरफ्तार

Reya

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले दुइ जनालाइ पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको हो ।

यो प्रकरणमा अनुसन्धान गरिरहेको सिबीआईको यो पहिलो गिरफ्तारी हो। तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो। पक्राउअघि उनीहरु दुवै जनाको घरको खानतलासी पनि लिइएको थियो। एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ । दुवैलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको पिटीआइले जनाएको छ ।

सुशान्तको आत्महत्या प्रकरणमा छानबिन गरिरहेको सिबिआईले अनुसन्धानको क्रममा सुशान्तको मृत्यु ड्रग्ससँग सम्बन्धित रहेको देखिन आएपछि नार्कोटिक्स ब्युरो अहिले अनुसन्धानमा जुटेको छ । सुशान्तको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो । अनुसन्धानको क्रममा ड्रग्स लेनदेनको विषय अगाडी आएपछि अहिले अनुसन्धान ड्रग्सको विषयमा केन्द्रित भएको छ ।

यस क्रममा ड्रग्ससँग जोडिएका केहि व्यक्तिहरुसँग यस अघि बयान समेत लिइएको थियो । ब्युरोको टिमले शुक्रबार नै शौबिक र साम्युलको घरमा छापा मारेको थियो भने गएराती दुवैलाई हिरासतमा समेत लिएको छ ।

गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ ।

घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो । सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...