करेन्ट लागेर एक जनाको मृत्यु

Mritu

काठमाडौँ । शुक्रबार बिहान चन्द्रागिरि–१४ नैकापमा करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको मृत्यु भएको हो । वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

स्थानीयबासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका छन् । प्रहरीले ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको जनाएको छ ।

प्रतिकृया दिनुहोस