हट्यो ललितपुरमा लागेको कर्फ्यु, निषेधाज्ञा भने यथावत

Jhadap 18

काठमाडौं । शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म ललितपुरमा लगाइएको कर्फ्यु हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठक र अन्य सरोकारवाला पक्षसँग भएको छलफलपछि शुक्रबार राति १० बजेबाट कर्फ्यु हटाउने निर्णय गरिएको हो ।

बिहीबार प्रशासन र स्थानीय गुठीहरुको निर्णयविपरीत एक समूहले जात्रा सञ्‍चालन गर्न खोजेपछि झडप भएको थियो । त्यस क्रममा प्रहरीमाथि जात्रा पक्षधरले निर्घात कुटपिट गर्नुका साथै निषेधाज्ञा उल्लंघन गरेका थिए । त्यसपछि जिल्ला सुरक्षा समिति बैठक डाकेर प्रजिअ भट्टले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएका थिए ।

तर, रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस