कास्कीमा ७ प्रहरीसहित गण्डकीमा ४० कोरोना संक्रमित थपिए

Corona test

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु कास्कीका १६ जना तनहुका २ जना, नवलपरासी पूर्वका १७ जना, लमजुङका ३ जना, बागलुङका एक जना, स्याङजाका एक जना रहेका छन् । कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् भने कास्कीको वडा नम्बर १५ मा कार्यरत ७ जना प्रहरी समेत संक्रमित भएका छन् ।

अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७६६ रहेको छ भने निको हुने दर ७५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २३५२ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस